+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

टिचिङ अस्पतालमा कर्मचारी मृत्यु प्रकरण : प्रशासन प्रमुखसहित ४ जना पक्राउ

सुसाइड नोटमा लेखे – मलाई ब्ल्याकमेल गर्नेको जय होस्

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते २०:५२

२९ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भएको एक कर्मचारीको मृत्युबारे अनुसन्धानका लागि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

परिवारले आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

परिवारको जाहेरीले पछि पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा राखिएको छ ।

शुक्रबार बिहान साढे ८ बजेतिर अस्पतालका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । लगत्तै प्रहरी वृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुगेको थियो ।

त्यसक्रममा सुसाइड नोट पनि फेला परेको थियो । पोखरेल मृत भेटिएपछि दिनभर अस्पतालमा तनावको स्थिति सिर्जना भएको थियो ।

अस्पताल स्रोतका अुनसार, पोखरेलसहित ७ जना कर्मचारीलाई बिहीबार मात्रै स्पष्टीकरण सोधिएको थियो । ‘औषधिमा हिनामिना गरेको आरोपमा प्रशासन प्रमुख बस्नेत समेत भएको समितिले छानबिन गरिरहेको थियो’, स्रोतले भन्यो, ‘छानबिन भइरहेको बेला उनी मृत फेला परे ।’

प्रहरी स्रोतका अनुसार, दुई वटा पानामा भएको सुसाइड नोटमा पनि उनले आफूलाई फसाउन खोजिएको जिकिर गरेका छन् ।

‘आफूले गल्ती गरेर मलाई फसाउन खोज्ने, ब्ल्याकमेल गर्नेहरुको जय होस्’, उनले भनेका छन् । स्रोतका अनुसार उनले केही साथीहरुलाई उल्लेख गरेर धन्यवाद भनेका छन् भने परिवारबारे पनि लेखेका छन् ।

यसैबीच, मृतकको परिवारले घटनाबारे छानबिनका लागि उच्च स्तरीय समितिको माग गरेका छन् । पोखरेललाई जोडिएको प्रकरणमा समेत सत्यतथ्य छानबिन गर्ने गरी समिति गठनको माग गर्दै उनीहरुले शव उठाएका थिएनन् ।

काठमाडौं प्रहरीका अनुसार शुक्रबार साँझ चार जनालाई पक्राउ गरेपछि शव उठाउने वातावरण बनेको छ । पोष्टमार्टमका लागि शव पठाएर थप अनुसन्धान अघि बढाउने प्रहरी तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?