+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रकाश मानव अधिकार पुरस्कार कपिलवस्तुकी खातुनलाई

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते ११:२९

१० साउन, काठमाडौं । यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार तौलिहवा कपिलवस्तुकी रुकैया खातुनलाई प्रदान गर्ने निर्णय इन्सेकले गरेको छ ।

इन्सेक कार्यसमितिको २०८० साउन ९ गतेको बैठकले शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील ४५ वर्षीया खातुनलाई २९ औं प्रकाश मानव अधिकार पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।

संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा खातुनलाई सम्मानित गर्ने निर्णय गरेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्‍याएको योगदानको स्मरण गर्दै इन्सेकले ‘प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ ।

नेपालको राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रबाट अधिकारउन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई पुरस्कृत गरिंदै आएको छ ।

पुरस्कारको राशी ५० हजार नगद र सम्मानपत्र छ । यो पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार स्व. विनयकुमार कसजु, वरिष्ठ समाजसेवी स्व.दयावीरसिंह कंसाकार, डा. गौरीशंकरलाल दास, दलित अधिकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी बसन्तीदेवी झा, वरिष्ठ पत्रकार नारायण शर्मालगायत २८ जना सम्मानित भइसकेका छन् ।

यस वर्षको सम्मान यही साउन १६ गते ललितपुरको स्टाफ कलेजमा आयोजना हुने कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थितिमा गरिने इन्सेकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?