+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मध्यपुर थिमिमा बालबालिका र युवाले सुनाए बाँसुरीको धुन (तस्वीर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० साउन ३२ गते १६:५८

काठमाडौं । मध्यपुर थिमि, लोकन्थलीस्थित सिद्धि गणेश दाफा खल:ले १५ महिनादेखि दिइरहेको बाँसुरी वादन प्रशिक्षण बिहीबार सकिएको छ । बाँसुरी वादन प्रशिक्षण समापन तथा प्रदर्शन कार्यक्रममा आठ वर्षीय बालकदेखि युवाहरुले मौलिक नेवारी पहिरनमा सजिएर बाँसुरी बजाए ।

उक्त कार्यक्रममा बाँसुरी प्रशिक्षक साहिल द्वारेले परम्परागत बाजा सिक्न अहिलेका युवापुस्ता निकै उत्साहित रहेको बताए । ‘हामी युवापुस्ताले संरक्षण नगरे कसले गर्छ,’ उनले भने, ‘नेवारी संस्कृति, बाजा तथा परम्पराको संरक्षण हाम्रो हातमा छ ।’ २० वर्षीय द्वारेले युवापुस्ताले नै मौलिक संगीतको जगेर्ना गर्नुपर्छ भन्ने मान्यताका साथ राग, सुर, तानपुरा, नोटेसन र बिटबारे आफूले सिकाएको बताए ।

बाँसुरीमा खासगरी टिप बाँसुरी दुई र घोर बाँसुरी पाँचवटा गरी सात बाँसुरी, ढोलक, कछिमा, लाखी, मादल, झ्याली बजाइन्छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?