+
+

जनतालाई सिकाउने होइन, सिक्नुपर्छ : शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १८:५१

५ भदौ, काठमाडौं । नेकपा माओवादी (केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जनतालाई सिकाउन छाडेर जनतासँग सिक्न सुरु गर्नुपर्ने बताएका छन् ।

‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’ अन्तर्गत भक्तपुरको ठिमीमा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले नेता कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।

राजनीतिक दलका नेता कार्यकर्ताहरु मञ्च पाउनासाथ एकोहोरो भाषण दिएर नेताले कार्यकर्तालाई र कार्यकर्ताले जनतालाई सिकाउन खोज्ने ट्रेन्ड पुरानो भएको भन्दै शर्माले जनताको कुरा सुन्नेर जनताहरु के चाहन्छन भन्ने सुझाव लिन र अभियानलाई त्यसैको सम्बोधन हुने गरि कार्यक्रम निर्माणमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?