+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्थायी र स्वतन्त्र पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि ३ वर्ष हुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १७:१०

६ भदौ, काठमाडौं । सूचना तथा प्रसारण विभागले सञ्चार प्रतिष्ठानका स्थायी पत्रकारलाई तीन वर्ष अवधिको प्रेस प्रतिनिधि प्रमाणपत्र दिने भएको छ ।

यसअघि एक वर्षका लागि मात्र दिइने प्रेस प्रतिनिधि प्रमाणपत्र स्थायी र स्वतन्त्र पत्रकारहरुलाई भने ३ वर्षको दिइने विभागले जनाएको छ ।

एक वर्षको मात्र प्रेस प्रतिनिधि प्रमाणपत्र दिँदा राजधानीभन्दा बाहिरका पत्रकार समस्यामा परेको भन्दै विभागले यस्तो निर्णय गरेको हो । अस्थायी पत्रकारको हकमा भने एक वर्षको नै प्रेस प्रतिनिधि प्रमाणपत्र दिइने विभागका प्रवक्ता भरत गौतम जानकारी दिए ।

कानुनमा प्रमाणपत्रको अवधि तीन वर्षको भए पनि विभागले एक वर्षभित्र नवीकरण नगरे पुरानो परिचयपत्र खारेज गर्ने गरेको पत्रकारहरुको गुनासो आएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसमा चासो देखाएकी थिइन् ।

‘हामीलाई खासगरी राजधानीबाहिरका पत्रकार साथीहरुबाट यो गुनासो आएपछि विभागसँग चासो राखेका थियौं, विभागले तत्काल पहल गरेर नयाँ निर्णय गरेपछि प्रेस प्रतिनिधि प्रमाणपत्र अवधि थपिएको छ’ सञ्चार तथा सूचना प्रविधिमन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले भने ।

उनका अनुसार छापाखाना र प्रकाशनसम्बन्धी नियमावली २०४९ को ११(१)मा प्रमाणपत्रको अवधि तीन वर्षको हुने उल्लेख छ । तर अभ्यासमा भने एक वर्षमै नवीकरण गर्ने प्रचलन रहेकाले त्यसमा सुधार गरेर नियवालीअनुसार तीन आर्थिक वर्ष नै अवधि बनाउने निर्णयमा विभाग पुगेको हो ।

स्वतन्त्र पत्रकारको परिचयपत्र प्राप्ति र नवीकरणका सवालमा पनि गुनासो आएकाले यसमा पनि सुधारका लागि प्रयास थालिएको उनले जानकारी दिए ।

विभागले एफएम रेडियो इजाजत÷लाइसेन्स प्रतिलिपी पनि अनलाइनमै पाउने व्यवस्था गरेको छ । विभागको वेबसाइटको ‘अन्य’बाट प्रवेश गरेर निवेदन दिई सोको निर्णय पश्चात विभागबाट निवेदकको सम्बन्धित जिल्ला हुलाक कार्यालयमा सो प्रतिलिपि पठाइने व्यवस्था मिलाइएको विभागका प्रवक्ता गौतमले जानकारी दिए ।

हेर्नुहोस् विभागको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?