+
+
WC Series
लुम्बिनी लायन्स 2025
64/2 (8.1)
VS
७१ बलमा ६९ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सुशासन र आर्थिक विकासका लागि प्रमुख दलहरु मिल्नुपर्छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १४:१५

८ भदौ विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक विकास र सुशासनका लागि प्रमुख राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

आज मोरङको विराटनगरमा आयोजित पत्रकार भेटघाटमा ओलीले भने, ‘आर्थिक विकासका लागि सुशासनका लागि राजनीतिक शक्तिहरु मिलेर जानुपर्छ । त्यसमा पनि प्रमुख जिम्मेवार राजनीतिक दलहरु मिलेर जिम्मेवारीबोधका साथ अगाडि बढ्नुपर्छ ।’

त्यसअघि एक पत्रकारले अर्थतन्त्र सुधारका लागि एमाले र कांग्रेस मिलेर जानुपर्छ जस्तो लागेको छैन ? भनेर प्रश्न सोधेका थिए । त्यसको जवाफ दिने क्रममा ‘राम्रो कुरा हो’ भन्दै यसमा दुईमत नभएको बताए ।

प्रणालीको रक्षा, त्यसको विकास, संविधानको रक्षा र कार्यान्वयन, अनियमितता, बेथिति, भ्रष्टाचार, तस्करी नियन्त्रण र आर्थिक विकासका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्ने बताउँदै ओलीले भने, ‘हाम्रो सधैंको मान्यता त्यही हो ।’

गिरीबन्धु टी इस्टेट जग्गा प्रकरणबारे सोधिएको अर्को जिज्ञासामा ओलीले त्यसलाई ‘चिल आयो, चिल आयो भनेर कुखुरा चोर्ने तरिका’ भनेर टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?