+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

संसारले बुझोस्, राष्ट्रिय अखण्डताको सवालमा सिंगो देश एक छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १६ गते १७:०४

१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय अखण्डता र सार्वभौमिकताको सवालमा सिंगो देश एकठाउँमा रहेको बताएका छन् ।

शनिबार झापामा आयोजित कार्यक्रममा महामन्त्री थापाले कांग्रेस मात्र होइन, कुनै पनि दलले चीनको हर्कत ठीक छ नभनेको बताए । भारतसँग सीमा विवादमा नेपालले गरेको निर्णयलाई चीनले सम्मान गर्न नसकेको भन्दै उनले भने, ‘यसमा ‘कांग्रेस पनि चिन्तित छ, एमाले पनि चिन्तित छ, नयाँ पार्टी पनि चिन्तित छ, पुरानो पार्टी पनि चिन्तित छ ।’

नेपालले एमसीसी, बीआरआई सबैसँग मिलेर काम गर्न चाहेको उनले बताए । महामन्त्री थापाले राष्ट्रिय अखण्डता र सार्वभौमिकताको सवालमा कहीँ कतै सम्झौता नगर्ने बताए । यद्यपि बेलाबेलामा कसैले कसैलाई कमजोर बनाउनु प¥यो भने भारत, चीन वा अमेरिका परस्त भनेर आरोपित गर्ने गरिएको उनको गुनासो थियो ।

कुनै देशले अर्को देशविरुद्ध बोल भनेर नबोल्ने, तर कसैले गलत गरे गलत भन्ने भन्दै कांग्रेस महामन्त्री थापाले भनेका छन्, ‘नेपाली कांग्रेस अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा कोहीसँग पनि घरभित्र नचाहिने राजनीति गर्न चाहँदैन ।’

नेपालमा सरकार वा प्रधानमन्त्री बदलिए पनि संसारलाई हेर्ने दृष्टिकोण नबदलियोस् होस् भन्ने आफूहरुले चाहेको उनले बताए ।

‘अखण्ड नेपालको भूभागमा कांग्रेस, एमाल,े माओवादी छैन, सब एक छौं’, महामन्त्री थापाले भने, ‘भारत, अमेरिका, चीन अनि संसारले यो कुरा बुझोस्, जब नेपालको अखण्डता, सार्वभौमिकताको कुरा आउँछ, सिंगो नेपाल एकठाउँमा हुन्छ, छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?