+
+

कलेज आइडिया हन्ट २०२३ को आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १८:२८

२१ भदौ, काठमाडौं ।  उच्च शिक्षा अध्ययन गरिरहेका तथा नयाँ योजना र आइडिया भएका विद्यार्थीहरूले सहभागी हुन पाउने कलेज आइडिया हन्ट २०२३ का लागि आवेदन खुलेको छ ।

आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको सहकार्यमा र स्कुल अफ म्यानेजमेन्टको संयोजनामा आवेदन खुला गरेको जनाएको छ ।

आवेदन खुल्ला बारेको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वर्तमान यूग र समय सापेक्ष समस्या र अवसरहरु सम्बन्धित नविनतम तथा दिगो समाधान सहितका आइडिया भएका विद्यार्थीहरुले कलेज आइडिया हन्टमा आफ्नो योजना पठाउन सक्ने जानकारी दिएको छ ।

कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरु मध्यबाट उत्कृष्ट २० योजनालाई व्यवसाय सम्वन्धी विभिन्न तालिम तथा परामर्श प्रदान गरिने आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले जानकारी दिए ।

उत्कृष्ट ३ विजेताले जनही १ लाख रुपैयाँ नगद पुरस्कारका साथै आइडिया स्टुडियो सिजन ७ मा सिधै प्रवेश पाउनेछन् । उनीहरुले इन्क्युबेसन कार्यक्रम, व्यावसायिक सञ्जाल, रियालिटी टिभी शो र लगानीको अवसर समेत प्राप्त गर्ने लामाले बताए ।

कलेज आइडिया हन्ट २०२३ मा सहभागी हुन चाहने इच्छुक विद्यार्थीहरुले २०८० असोज १४  गतेसम्म आवेदन दिनु पर्ने छ । विद्यार्थीहरुले आवेदनको प्रक्रिया, योग्यताका बारेमा आइडिया स्टुडियोको वेवसाइटमा जानकारी पाउन सकिने लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?