+

भारत र पाकिस्तानको बाँकी खेल भोलि

२०८० भदौ  २४ गते २१:१२ २०८० भदौ २४ गते २१:१२
भारत र पाकिस्तानको बाँकी खेल भोलि

२४ भदौ, काठमाडौं । एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानको बाँकी खेल भोलि हुने भएको छ ।

कोलम्बोमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाउँदा पानी परेको थियो । निरन्तर पानी परेपछि खेल हुन सकेन र बाँकी खेल भोलि रिजर्ब डेमा हुने भएको छ ।

भोलि स्थानीय समयअनुसार २ः३० मा खेल सुरु हुनेछ । खेल सुरु हुँदा केएल राहुल १७ र विराट कोहली ८ रनबाट खेल थाल्नेछन् ।

एसिया कप क्रिकेट भारत पाकिस्तान क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय