
२६ भदौ, काठमाडौं । संविधानसभाका दिवंगत अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई सोमबार राति नेकपा एमालेको पार्टी कार्यालयमै राखिने भएको छ ।
एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार विहान निधन भएको थियो । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अपराह्न ५ बजेसम्म एमाले पार्टी कार्यालय, च्यासलमा राखिएको थियो ।
एमाले कार्यालय सचिव भीष्म अधिकारीका अनुसार उनको पार्थिव शरीरलाई राति पार्टी कार्यालयमा नै राखिनेछ । त्यहाँ पार्टीका नेता कार्यकर्ता र सुरक्षाकर्मी रहनेछन् ।
मंगलबार विहान ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि समय तोकिएको छ । त्यसपछि नेम्वाङको पार्थिव शरीरलाई उनको बालुवाटारस्थित निवासमा लगिनेछ ।
अष्ट्रेलिया भ्रमणमा रहेका उनका कान्छा छोरा सुहाङ आज (मंगलबार राति) काठमाडौं आइपुग्दैछन् । जेठा छोरा भने परिवारसहित बेलायतमा छन् । उनी भोलि बुधबार मात्र आइपुग्ने भएकाले पर्सि मात्र नेम्वाङको अन्त्येष्टि गर्ने तयारी छ ।
सरकारले मंगलबार मात्र नेम्वाङलाई राष्ट्रिय सम्मान दिने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4