
२७ भदौ, काठमाडौं । जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रीय संयोजक समिति घोषणा गरिएको छ ।
सोमबार काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सन्तोषराज सहनीको संयोजकत्वमा सांस्कृतिक जनमत संघको केन्द्रीय समिति घोषणा गरेको हो ।
संघको सह-संयोजकमा सेलिना कुँवर, सचिन पटेल, अरुण कान्त यादव रहेका छन् भने सचिवमा बन्देप्रसाद साह, सह-सचिवमा नितु पटेल, विमल साह, राम नरेश सहनी रहेको छ ।
कोषाध्यक्षमा तनुजा चौरसिया चयन भएकी छन् ।
जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा संघको घोषणा भएको हो ।
कार्यक्रममा जनमत पार्टीका सचिव तथा मधेश प्रदेशका सांसद संजय यादव, पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादव, राष्ट्रिय प्रवक्ता डा. शरदसिंह यादव, चिकित्सक जनमत संघका केन्द्रीय संयोजक डा. सीके सिंह, नेता आरके राउत र पार्टीकी महिला नेत्री सरिताश्री ज्ञवालीको उपस्थित रहेको थियो ।
प्रतिक्रिया 4