 
																			३१ भदौ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक वर्षदेखि सुन तस्करी गरिरहेको समूहले गत असारमा सबैभन्दा बढी सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।
तोङ फाङ इन्टरनेशनल प्रालिले भित्र्याएको सुन पगाल्न खपत भएकोे बिजुलीका आधारमा सीआईबीले त्यस्तो निष्कर्ष निकालेको हो । उक्त कम्पनीको बिजुलीको मिटरबाट सीआईबीले यस्तो निष्कर्ष निकालेको हो ।
जिल्ला अदालतमा पेश भएको आरोपपत्रमा भनिएको छ, ‘सोही स्थानमा गार्ड बस्नका लागि बनाएको घरमा लक्ष्मी श्रेष्ठको नाममा मिटर जडान भएको देखिन आएकोले सो तोङ फाङ इन्टरनेशनल प्रालिको नाममा रहेको लाइनको विद्युत सुन गाल्न मात्रै प्रयोग हुने देखिएबाट असारमा सबैभन्दा बढी सुन गाल्न (विद्युत) प्रयोग गरिएको स्पष्ट हुन आएको ।’
गत साउन ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिर लैजाने क्रममा मोटरसाइकलको ब्रेक सु भित्र लुकाइएको सुन बरामद भएको थियो । त्यसपछि सीआईबीले यसबारेमा अनुसन्धान गरेर २९ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4