
८ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारसँगको वार्तामा राहत शिक्षकका प्रतिनिधि पनि सहभागी भएर सहमति गरेको प्रष्टीकरण दिएका छन् ।
सरकार र आन्दोलनरत शिक्षक महासंघबीच दुई दिनअघि सहमति भएको थियो । उक्त सहमतिमा विरोध जनाउँदै राहत शिक्षकहरुले आन्दोलनलाई जारी राखेका छन् ।
महासंघको नेतृत्वमा भएको आन्दोलन सम्वद्ध शिक्षक संगठनका सबैप्रतिनिधि सहभागी भएर सहमति बनेको उपसभापति खड्काले दाबी गरे ।
राहत शिक्षकका अध्यक्षहरु पनि सरकारसँगको वार्तामा सहभागी भएको उल्लेख गर्दै खड्काले पार्टी केन्द्रीय समितिको बैठकमा भने, ‘तस्वीरमा पनि देखिन्छ र उप्रप्रधानमन्त्रीले मलाई त्यही अनुसारको व्रिफिङ पनि गर्नुभएको छ ।’
सहमतिमा शिक्षकका धेरै कुरा सम्बोधन गरिएको र थप विषय विधेयक संशोधन, नियमावली र कार्याविधि मार्फत सम्बोधन गरिने जानकारी गराए ।
सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकहरुले प्रदर्शनलाई जारी राखेका छन् । उनीहरले सोमबार सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया 4