२५ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा कैद मिनाहा पाएका योगराज (रिगल) ढकालविरुद्धको मुद्दा आज सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर्नेछ ।
गैरकानूनी रुपमा कैद मिनाहा गरी रिगललाई रिहा गरिएको भन्दै भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी छन् ।
उनले राष्ट्रपति कार्यालयबाट संविधान दिवसका अवसरमा भएको कैद छुटको निर्णय बदर भई रिगललाई फेरि कैद पठाउनुपर्ने माग गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4