+

सन्दीप लामिछानेले लिए तेस्रो विकेट

२०८० कात्तिक  १७ गते ११:५५ २०८० कात्तिक १७ गते ११:५५
सन्दीप लामिछानेले लिए तेस्रो विकेट

१७ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् ।

लामिछानेले दशौं ओभरको अन्तिम बलमा आसिफ खानलाई एलबीडल्बु आउट गरेका हुन् । यो सँगै युएईले तेस्रो विकेट गुमाएको छ ।

टस जितेर ब्याटिङ गरिरहेको युएईले दश ओभरमा ६२ रन जोडेको छ ।

यसअघि सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका थिए । उनले कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साहलाई आउट गरेका थिए ।

सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय