+

बंगलादेशी कप्तान सकिब अल हसन विश्वकपबाट बाहिरिए

२०८० कात्तिक  २१ गते १८:५२ २०८० कात्तिक २१ गते १८:५२
बंगलादेशी कप्तान सकिब अल हसन विश्वकपबाट बाहिरिए

२१ कात्तिक, काठमाडौं ।बंगलादेशी कप्तान शकिब अल हसन चोटका कारण विश्वकपबाट बाहिरिएका छन् ।

लिग चरणमा श्रीलंकासँगको खेलमा ब्याटिङ गर्दा घाइते भएपछि उनी टिमबाट बाहिरिने भएका हुन् ।

शकिबको अनुपस्थितिमा आगामी खेलमा उपकप्तान नजमुल होसिन सान्तोले टिमको कप्तानी गर्नेछन् । शकिबको सट्टामा अनमुल हकले खेल्ने छन् ।

खेलपछि शकिबको एक्सरे गर्दा उनको देब्रे हातको चोर औंला भाँचिएको देखिएपछि उनी टिमबाट बाहिरिएका हुन् ।

बंगलादेशका लागि फिजियो बेजेदुल इस्लाम खानले चोटका बारेमा बताउँदै भने, ‘शाकिबको इनिङ्सको सुरुमा देब्रे हातको चोर औंलामा चोट लागेको थियो, उनले टेपिङ र पेनकिलर खाएर ब्याटिङ गरेका थिए ।’

शकिबले चोटको बाबजुद श्रीलंकाविरुद्ध ६५ बलमा १२ चौका र २ छक्का सहित ८२ रन बनाएका थिए ।

उनले २०१२ मा एकदिवसीय फम्र्याटमा डेब्यु गरेका थिए । उनले एकदिवसीयमा ४५ खेल खेल्दै ३ शतकसहित १२५८ रन बनाएका छन् ।

विश्वकप क्रिकेट शकिब अल हसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय