+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पाल्पामा २ मोटरसाइकल ठोक्किंदा ५ जना घाइते, ३ जना गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २८ गते १०:४५

२८ कात्तिक, पाल्पा । पूर्वी पाल्पाको रामपुरमा दुई वटा मोटसाइकल एक आपसमा ठोक्किंदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रामपुर-१० अदमाराका १६ वर्षीय आकाश सारु, सोही स्थानका १७ वर्षीय सुदिप सिंजालीमगर, स्याङ्जाको चापकोट –९, का १९ वर्षीय विदुर भण्डारी, सोही स्थानका १९ वर्षीय सुदिप भण्डारी र सोही स्थानका ६ वर्षीय बालक एलएस भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घाइतेहरूमध्ये आकाश, विदुर र सुदिपको अवस्था गम्भीर रहेको र सबै घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको उनले बताए ।

सोमबार बेलुका रामपुर–१० बर्दलेबाट रामपुर बजारतर्फ गइरहेको लु२१प ५८४४ नम्बरको मोटरसाइकल र रामपुरतर्फ नै गइरहेको लु२१प ९९०२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।

घटनाबारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?