+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

निमावि तहको शिक्षक लाइसेन्स उत्तीर्ण गरेको व्यक्तिलाई तत्काल इकाइले प्रमाणित गरिदिने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १८:५३

१८ मंसिर, काठमाडौं । निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) उत्तीर्ण भएकालाई तत्काल आवश्यक परेको अवस्थामा शिक्षा विकास तथा समन्वय इकाइले परीक्षा उत्तीर्ण भएको व्यहोरा प्रमाणित गरिदिने भएको छ ।

शिक्षक सेवा आयोगले वितरण गर्ने अनुमति पत्र छपाई गरेर वितरण गर्न अझै केही समय लाग्ने भएको भन्दै उत्तीर्ण भएका उम्मेद्वारलाई तत्काल आवश्यक परेको खण्डमा उत्तीर्ण भएको व्यहोरा प्रमाणित गरिदिन निर्देशन दिएको छ ।

आयोगले उत्तीर्ण उम्मेद्वारलाई कुनै विद्यालयबाट विज्ञापन भएको शिक्षक पदमा नियुक्तिका लागि आवेदन दिने प्रयोजन खुलाइ अध्यापन अनुमति पत्रको परीक्षामा उत्तीर्ण भएको आवश्यक कागजात सहित निवेदन दिएमा आयोगको वेबसाइटमा प्रकाशित भएको नतिजासँग भिडाई न्यूनतम योग्यता पुरा भएको यकिन गरी प्रमाणित गरिदिन इकाइलाई पत्राचार गरेको छ ।

आयोगले लाइसेन्स पास गरेको परीक्षार्थीले निवेदनसहित अध्यापन अनुमति पत्र परीक्षाको प्रवेशपत्रको प्रतिलिपि, शैषिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि (मान्यता प्राप्त शिक्षण संस्थाबाट माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरहको परीक्षा कम्तिमा २०० पूर्णाङ्क वा ८ क्रेडिट आवर उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा दश महिने तालिम पुरा गरेको, तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक योग्यता भए सो को प्रमाणको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि इकाइमा पेश गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?