
काठमाडौं । कन्दरा ब्यान्डले देशका विभिन्न ८ स्थानमा आयोजना गर्ने सांगीतिक कार्यक्रमको टिकटिङ पार्टनरको रूपमा ‘आईएमई पे’ रहने भएको छ ।
कन्दरा सांगीतिक ब्यान्डले नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश’- आन्तरिक पर्यटनको प्रवर्धन” सन्देश लिई नेपालका विभिन्न ८ स्थानमा कन्सर्ट आयोजना गर्न लागेको हो ।
हङकङ पोखरा, तगारोमा रूमाल, लेककी हे माया, तिमी पारी, डाँडापारी आदि कालजयी गीतहरू प्रस्तुत गरी नेपाली फोक पप संगीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा ब्यान्डले आगामी २७ पुसमा पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष सांगीतिक कार्यक्रम सुरू गर्दै छ ।
पहिलो कार्यक्रम पोखराबाट सुरू गरी अन्तिम कार्यक्रम काठमाडौंमा समापन गर्ने लक्ष्य रहेको कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनी एल्फा स्क्वायरले जनाएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा-प्रतिष्ठान, लाइन्स क्लब अफ पोखरा – सामीप्य, आदि सङ्घ-संस्थाले प्रवर्धन गरिरहेका छन् भने सो कन्सर्टको एकमात्र एक्सक्लुसिव टिकेटिङ पार्टनर रुपमा आईएमई पे आबद्ध भएको छ, जसले आफ्नो आधिकारिक मोबाइल एपबाट टिकट बिक्री गर्ने छ ।
कन्दरा ब्यान्डले नेपाली फोक पप संगीतको क्षेत्रमा पुऱ्याएको योगदान र नेपाली कला संगीतबाट नेपालको आन्तरिक पर्यटनका लागि गरिरहेको यो अभियान – पहिला घरदेश, अनि परदेशको नारालाई आईएमई समूह पनि उत्तिकै गर्विलो तवरले वहन गर्दै कन्दराको प्रत्यक्ष कार्यक्रममा सहभागी भई टिकटको बिक्री-वितरण गर्दा संगीत क्षेत्र, पर्यटन क्षेत्र र समग्र नेपालको आर्थिक क्षेत्रमा नै योगदान गरिरहेको महसुस आफूले गरेको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया 4