+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेसको मेलमिलाप दिवसमा रास्वपालाई बाइपास

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १३:३६
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । फाइल फोटो

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस राजनीतिक दलका शीर्ष नेताहरु भेला पारेर मनाउने भएको छ ।

कांग्रेसले हरेक वर्ष १६ पुसमा राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने गर्दछ । यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर लगायतलाई निमन्त्रणा पत्र पठाइएको छ ।

मिलमिलाप दिवसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने आमन्त्रण गरिएको छैन । सोमबार हुने मिलमिलाप दिवसको कार्यक्रमका लागि संविधान निर्माणमा संलग्न दलका शीर्ष नेताहरुलाई मात्र बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलल जानकारी दिए ।

यसपटक राष्ट्रिय एकता र मेलमिलाप दिवस फरक तरिकाले मनाउने कांग्रेसले निर्णय गरेको थियो । साझा मुद्दाहरुमा सरकार र प्रतिपक्ष नहुने उल्लेख गर्दै महामन्त्री गगन थापाले संविधान पक्षधर शक्तिको थप एकता आवश्यक रहेकाले मेलमिलाप फरक तरिकाले मनाउन लागिएको जानकारी दिए । ‘राजनीतिक दल विच केही मुद्दामा प्रतिस्पर्धा हुन्छ । केही कुरामा राष्ट्रिय दृष्टिकोण चाहिन्छ,’ महामन्त्री गगन थापाले भने, ‘संविधान बनायौं, केही कुरा अड्किएर बसेका छन् । संविधान कार्यान्वयनमा अड्किएका विषयलाई टुंग्याउन को सत्तापक्ष र को प्रतिपक्षले अर्थ राख्दैन ।’

निर्वासनमा रहेका कांग्रेस संस्थापक नेता बीपी कोइराला २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए । मेलमिलापको नीति लिएर फर्केको हुनाले कांग्रेसले त्यस दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले शासन आफ्नो हातमा लिएर तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल पठाएका थिए । २०२५ कात्तिक १४ गते बीपी जेलमुक्त भए । लगत्तै भारत गएका उनी ८ वर्ष निर्वासित भए ।  तर राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै २०३३ साल पुस १६ गते बीपी स्वदेश फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?