+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एमाले सत्ताबाहिर छँदा जनता निराश छन् : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १६:०४

२५ पुस, गुल्मी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई सत्ताबाहिर राख्दा जनता निराश भएको दाबी गरेका छन् ।

नेकपा एमाले गुल्मीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले गत चुनावमा जनताले रोजेको पार्टी एमाले रहेको र संघीय सरकार प्रदेश सरकारबाट एमालेलाई बाहिर राख्दा जनता निराश भएको बताएका हुन् ।

‘एमाले जनताले रोजेको पहिलो पार्टी हो, शासन गर्न दिएको शक्ति सत्ता बाहिर छ’ उनले भने, ‘यसरी जनता निराश हुन्छन् त्यसपछि सोझै लोकतन्त्र कमजोर हुन्छ ।’

अहिलेको सत्ता गठबन्धन निर्वाचनबाट जनादेश लिन असफल भएको र अहिले कर्मबाट पनि असफल भएको महासचिव पोखरेलले बताए ।

सरकारले एक हजार मानिसको भिड नियन्त्रण गर्न नसकेर जनतालाई गोली ठोकेको पनि उनले आरोप लगाए । प्रशिक्षण तीन दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?