+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

घर बनाउन आवश्यक प्राविधिक ज्ञान बाँड्न ‘शिवम् सन्देश’

धेरै पैसा छ, धेरै सिमेन्ट हाल्छु भन्दैमा घर बलियो बन्दैन ।

निखिल अग्रवाल निखिल अग्रवाल
२०८० माघ १२ गते १९:१५

शिवम् सिमेन्टले उपभोक्ता लक्ष्यित गरी ‘शिवम् सन्देश’ नामक अभियान सुरु गरेको छ । यो अभियानअन्तर्गत घर बनाउने विधिलाई छोटकरीमा विभाजन गरी एउटा भिडियो बनाउँछौं । यस अभियानका दौरान हामी कुल ५२ भिडियो बनाउँछौं । हामीलाई थाहा छ, जग्गा कसरी किन्नुपर्छ, जग्गा किन्दा के–के हेर्नुपर्छ ।

त्यसबेला हामी यसका जानकारहरूसँग सोध्छौं । जति जनासँग सोध्छौं, उत्ति नै फरक–फरक तर्क र हिसाब पाइन्छ । सही अभ्यास के हो, के कुरा सही हो भन्नेबारे कन्फ्युजन भएको अवस्था देखिन्छ । सही तरिका के हो, के–के हेर्नुपर्ने हुन्छ भन्ने कुरालाई हामीले आधिकारिक तथ्यांकसहित प्रस्तुत गर्न खोजेका छौं ।

कंक्रिट रसाउने कुरामा पनि छुट्टाछुट्टै तर्क सुनिन्छ । कति दिन पानी राख्नुपर्छ ? कसैले दुई दिन भन्छन्, कसैले सात दिन भन्छन्, कसैले १४ दिन । कसैले २८ दिनसम्म पनि भनिरहेका हुन्छन् । फर्मा खोल्ने विषय हामीले २८ दिनसम्म खोल्नु हुँदैन भनेर पढेका छौं । कतै दुई दिनमा पनि फर्मा खोलेको छ, कसैले सात दिनसम्म फर्मा राखेको पाइन्छ । सही चिज के हो र सही तरिका के हो भन्ने विषयलाई अब हामीले बुझाउन खोजिरहेका छौं ।

अर्कातर्फ, कोही अप्राविधिक व्यक्तिले घर बनाउँदैछ भने प्राविधिक व्यक्तिले भनेको कुरा सही हो कि होइन, निर्माणकर्मीले मेरो घर सही तरिकाले बनायो कि बनाएन भनेर आफैं जाँच गर्न सक्ने गरी एउटा संयन्त्र शिवम् सिमेन्टले बनाएको छ । हामी प्रत्येक सोमबार एउटा भिडियो रिलिज गर्छौं । यसलाई हाम्रो वेबसाइटदेखि विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आइरहेका छौं । यसमा एउटा घर निर्माणमा आवश्यक सम्पूर्ण सूचना उपलब्ध गराउने हाम्रो उद्देश्य हो ।

सिमेन्ट भनेको डन्डीमा गिट्टी–बालुवा जोड्ने यन्त्रमात्र हो ।

अहिले पनि जनमानसमा पीपीसी सिमेन्ट प्रयोग गर्ने कि, ओपीसी ४३ ग्रेड सिमेन्ट प्रयोग गर्ने कि, ओपीसी ५३ ग्रेड प्रयोग गर्ने भन्नेमा द्विविधा छ । ४३ ग्रेडको काम के हो ? ५३ ग्रेडको काम के हो ? यसलाई सही मात्रामा भनेर सिकाउने काम हामी गर्छौं । यसै सिरिजमा सिमेन्ट स्टोर कसरी गर्ने, गिट्टी–बालुवा कसरी प्रयोग गर्ने भन्ने विधिबारे समेत हामी सिकाउँछौं । किनकि, सिमेन्ट भनेको डन्डीमा गिट्टी–बालुवा जोड्ने यन्त्रमात्र त हो । जोड्दै गर्दा कस्तो तरिकाले काम गर्दा कस्तो मजबुती दिन्छ भनेर हामीले सिकाउने जमर्को गरेका हौं ।

शिवम् सिमेन्ट स्थापना कालदेखि नै गुणस्तरमा केन्द्रित छ । उपभोक्तालाई सही सामान दिनुपर्छ र त्यसको सही सदुपयोग सिकाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामी ‘सेलिङ’ भन्दा पनि ‘भ्यालु सेलिङ’ मा जोड दिन्छौं । मैले कुनै पनि उत्पादन आफ्नो उपभोक्तालाई बेचेँ, त्यो सेलिङ भयो, तर त्यही उत्पादनलाई मैले त्यसको भ्यालुसहित बेचेँ र उपभोक्ताले त्यसको सही प्रयोग गर्न जान्यो भने त्यसलाई भ्यालु सेलिङ भनिन्छ ।

शिवम् सिमेन्ट स्थापना गर्दा हामीले ग्रेड लेखेर ल्याएका थियौं । तर, नेपाल गुणस्तर मापदण्डअनुसार हामीले ग्रेड लेख्न पाएनौं । पछि एनएस ५७२ अन्तर्गत नेपालको पहिलो कम्पनी बन्यौं, जसले ग्रेडिङ लेख्न पायौं । यसले उपभोक्तालाई के थाहा भयो भने ४३ ग्रेड कहाँ प्रयोग गर्ने, ५३ ग्रेड कहाँ प्रयोग गर्ने भनेर ।

हामीले इन्डिया एक्स्पर्टको सर्टिफिकेट सन् २०१६ मै लिएका थियौं । यो लाइसेन्स लिनुको मतलब हाम्रो सिमेन्ट पनि भारतीय सिमेन्टकै गुणस्तरकै बराबर छ । गुणस्तरको सवालमा हामीले कहिले पनि सम्झौता गरेनौं । उपभोक्तालाई पनि यही आह्वान गरिरहेका छौं ।

विभिन्न समयमा निर्माणकर्मीलाई प्राविधिक सुझाव दिनेदेखि उनीहरूलाई सही निर्माण अभ्यासबारे जानकारी समेत गराउँदै आएका छौं । सीप वृद्धिमा हामीले निरन्तर काम गरेका छौं । विभिन्न स्किमअन्तर्गत उपभोक्तालाई सम्मान गर्ने कामसमेत हामीले गरेका छौं । सोहीकारण एनएस क्वालिटी अवार्ड २०१९ बाट हामी सम्मानित भएका थियौं ।

यो उद्योगमा धेरै निर्माणकर्मी र धेरै मानिस सहभागी छन् । जसले घर बनाउँदै छ, उसमा प्राविधिक ज्ञानको कमी छ । ऊ एउटा पसलमा जान्छ, तर कुन सिमेन्ट किन्ने थाहा छैन । कस्तो गिट्टी बालुवा किन्ने थाहा छैन । कस्तो डन्डी हाल्ने थाहा छैन । उपभोक्ता कन्फ्युजनमा छ । अनुभवी मान्छेसँग आफ्नै प्रकारको अनुभव छ ।

यो कन्फ्युजन हटोस्, मापदण्ड के हो, एसओपी के छ, कसरी अगाडि बढ्ने भन्नेमा सहज होस् भनेर यो अभियान थालिएको हो । उपभोक्तासँग भेट्दा उहाँहरूमा जिज्ञासा पाउँछौं । ती जिज्ञासा मेटाउने कोसिस हाम्रो छ । जग्गा खरिददेखि घरपूजासम्मका विषय हामी ५२ एपिसोडमा राख्ने तयारीमा छौं ।

कुनै पनि काम गर्ने एउटा खास तरिका हुन्छ । हामीले यी सामग्रीमा कतै पनि शिवम् सिमेन्ट कसरी प्रयोग गर्ने भन्दैनौं, ‘सिमेन्ट’ कसरी प्रयोग गर्नेमात्र भन्छौं । यसमा डन्डी, गिट्टी, बालुवा, केमिकल, वास्तु, फर्निसिङ, लाइटिङ लगायतको कुरा हुन्छ । तर, हामीले त सिमेन्टमात्र उत्पादन गर्छौं । अर्कातर्फ, जुन डाटा बनाइएको छ, यो दक्ष प्रोफेसरहरूको सहयोगमा निर्माण गरिएको हो । जसले इन्जिनियरलाई पढाउँछ, ती व्यक्तिहरूको सहयोगमा हामीले यो कन्टेन्टहरु बनाएका हौं । सोहीकारण यी तथ्यांक आधिकारिक हुन् ।

सिमेन्ट भनेको तरकारीमा नुनजस्तै हो ।

डन्डीमाथि गिट्टी–बालुवा जोड्ने काम सिमेन्टले गर्छ । सजिलो भाषामा यसको काम ग्लु हो । जस्तोखालको ग्लु हुन्छ, त्यस्तै खालको पकड हुन्छ । सिमेन्ट भनेको तरकारीमा नुनजस्तै हो । तपाईंसँग धेरै पैसा छ भन्दैमा चर्को खान सक्नु हुन्न । कम पैसा छ भन्दैमा थोरै खान्छु भनेर पनि हुँदैन । यसको मात्रा सही हुनुपर्छ । सिमेन्टको काम यही हो । धेरै पैसा छ, धेरै सिमेन्ट हाल्छु भन्दैमा घर बलियो बन्दैन ।

कम सिमेन्टमा निर्माण राम्रो हुँदैन । त्यसकारण उपभोक्ताले प्रयोग गर्दा उत्पादकले बेचेको सामान सही तरिकाले प्रयोग गरोस् भन्नेमा सचेत हुनुपर्छ । हामीले बेचेको उत्पादन उपभोक्ताले सही प्रयोग गर्‍यो भने उत्पादकलाई खुसी मिल्छ ।

एउटा ग्राहक मेरो उत्पादनबाट खुसी भयो भने उसले थप पाँच ग्राहक ल्याइदिन्छ । आज शिवम् सिमेन्टलाई हामी नेपालको सर्वाधिक लोकप्रिय सिमेन्ट भन्छौं । ओपीसी सिमेन्टमा हामी सर्वाधिक बिक्री भएका छौं ।

हामीले एउटा क्याम्पेन चलाएका थियौं, जसमा ११ करोड बोरा सिमेन्ट बिक्रीको कीर्तिमान हामीले राखेका थियौं । यो रेकर्ड यसअघि कुनै कम्पनीले राख्न सकेको थिएन । हामी ओपीसी सिमेन्ट उत्पादनमा केन्द्रित छौं । यो बजारको माग हो । यो अरु सिमेन्टभन्दा केही महँगो छ, तर गुणस्तरमा यसको ठूलो माग छ । आज बजारमा तीन उद्योगले मात्र ओपीसी सिमेन्ट बनाइरहेका छन् ।

हामीबाहेक उदयपुर सिमेन्ट र हैटौडा सिमेन्टले ओपीसी सिमेन्ट बनाउँछन् । विश्वसनीयताकै कारण आज हामी यहाँसम्म पुगेका हौं । उपभोक्तालाई सही उत्पादन दिने र त्यसलाई सही तरिकाले उपयोग गर्न सिकाउने शैलीकै कारण हामी उपभोक्ताबीच लोकप्रिय समेत बनिरहेका छौं ।

हाम्रा जति पनि अभियान आए, ती उपभोक्ता लक्ष्यित छन् । उनीहरूलाई प्राथमिकतामा राखेरै हामीले बिजनेस चलाउने हो । जसरी आजसम्म हामीले माया पाएका छौं, भोलि पनि यही जिम्मेवारी पाउने हामीले आशा गरेका छौं ।

अग्रवाल शिवम् सिमेन्टका भाइस प्रेसिडेन्ट(सेल्स एन्ड मार्केटिङ) हुन् ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?