+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

चोकोफन बिगफन अब नयाँ प्याकमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १७:५५

काठमाडौं । कन्फेक्सनरी कम्पनी सुजल फुड्स प्रालिले चोकोफन बिगफन नयाँ प्याकमा बजारमा ल्याएको छ ।

चोकोफन बिगफनमा चकलेटले भरिएको क्रिस्पी, क्रन्ची वेफर  ४ तहहरु रहने र त्यसमाथि भेनिला स्ट्राइप्स हुने हुँदा उपभोक्ताले स्वादिलो मान्छन् ।

चम्किलो रातो रंग र सुनौलो रंगले नयाँ प्याकलाई अझ बढी उत्कृष्ट देखाइएका कारण हेर्दा पनि जो कोहीलाई पनि खाउँ खाउँ लाग्ने कम्पनीको भनाइ छ । १० रुपैयाँ मूल्य रहेको १५ ग्राम तौलको चोकोफन बिगफन जार र प्याकेटमा बजारमा उपलब्ध  छ।

चोकोफन बिगफनको नयाँ प्याकको बजार  प्रबर्द्धन ‘ह्याप्पी न्यु प्याक टु यु’ भन्ने नाराका साथ देशभर प्रबर्धन आभियान सुरु गरिएको कम्पनीको भनाइ  छ । कम्पनीका अनुसार  यस  आभियानलाई मुख्यतः डिजिटल माध्याम तथा सोसल मेडियाबाट गरिएको छ।

कम्पनीका अनुसार चोकोफन बिगफन ६० पिसको आकर्षक जारका साथै १२ पिसको प्याकेटमा बजारमा उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?