
१६ माघ, काठमाडौं । युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतो विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई मंगलबार पक्राउ गरेको एसपी पशुपति रायले बताए ।
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको रायले बताए । महतो यसअघि पनि साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4