+
+

रेमिट्यान्स बढ्दा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब ५२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १३:०२

२३ माघ, काठमाडौं । आयात संकुचनसँगै ओरालो लागेको व्यापार घाटा र रेमिट्यान्समा भएको उल्लेख्य वृद्धिले चालु खाता र शोधनान्तर बचत आशातित बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब ५२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकका आधारमा आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदन सार्वजनिक गर्दै वाह्य क्षेत्र थप बलियो बन्दै गएको देखाएको छ ।

गत आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा ९२ अर्ब १५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव ६ महिनामा ३ खर्ब नजिक पुगेको हो ।

शोधनान्तर बचत मात्रै नभएर चालु खाता बचत पनि डेढ खर्ब नाघेको छ । चालु आव पुस मसान्तसम्म चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोडले घाटामा थियो ।

यस्तै चालु आव पुस मसान्तसम्म पूँजीगत ट्रान्सफर ३० प्रतिशतले कमी आई ३ अर्ब ११ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५३ करोडले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आव सोही अवधिमा पूँजीगत ट्रान्सफर ४ अर्ब ४३ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाखले धनात्मक थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?