+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १५:२२

२४ माघ, काठमाडौं । अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा ६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ।

नेशनल कन्ट्रोल ब्‍यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा रोकाविरूद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले बताए ।

उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ।

यसअघि साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिवि विमानस्थल भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।

१९ दिनपछि थल अनुसन्धानका लागि सीआईबीलाई विभागले फाइल बुझाएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?