+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गीतकार मनोज खड्काले ल्याए प्रमोद र त्रिशलाको स्वरमा ‘तिमी जे बन उदाहरण बन’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते ११:०५

उज्ज्वल नक्षत्रले शिरमा चुमोस्

सुन्दर विचारले सपना बुनोस्

तिमी जे बन उदाहरण बन

महान् बन

यी शब्द गीतकार मनोज खड्काले सिर्जना गरेको गीत ‘तिमी जे बन उदाहरण बन’का हुन् । गीतकार खड्काले सरस्वती पूजाको छेको पारेर सार्वजनिक गरेको नयाँ गीतमा प्रमोद खरेल र डा. त्रिशला गुरुङको स्वर छ । गीतलाई कल्याण सिंहले संगीत भरेका हुन् भने दीक्षित पौडेलले एरेन्ज गरेका छन् ।

गीतले बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको छ । ‘गीतले आफ्नो रोजाइअनुसार जे काम गर, तर लगनशील भएर काम गर । उदाहरण बनेर देखाऊ भन्ने सन्देश बालबालिकालाई दिन्छ,’ अमेरिकामा बसोबास गर्दै आएका गीतकार खड्काले अनलाइनखबरसँग भने, ‘यो एक प्रकारले अभिभावकहरुलाई पनि आग्रह हो । आफ्ना सन्तान डाक्टर, प्राध्यापक, इन्जिनियर, पाइलट जस्ता निश्चित पेशामा लागेको देख्न रुचाउने परम्परागत सोचबाट माथि उठेर जुन पेशा वा व्यवसायमा लागे पनि उत्कृष्ट हुने कोसिस गर्दै हसल मान्छे बन्नुपर्छ भन्ने गीतको मूल मर्म हो ।’

एआई सिर्जित तस्वीरको सहयोगमा गीतको भिडियो तयार पारिएको छ । भिडियोको एनिमेसन कन्सेप्ट सविना थपलिया हो भने एनिमेसन र सम्पादन राजु बस्नेतले गरेका छन् । ग्राफिक्स सदीक्षा कट्टेलको छ । गीत ‘मनोज खड्का अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

हाल यूएसआईडीमा समेत कार्यरत खड्का अमेरिकाको भर्जिनयामा बसोबास गर्दै आएका छन् । उनले रचना गरेका डेढ दर्जन भन्दा बढी सार्वजनिक भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?