+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तोसिमा कार्कीको प्रश्न : उपचारमा पनि लुगा बेचेजस्तो मोलमोलाइ गर्न पाइन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १३:३९

१० फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्वास्थ्य उपचारको शुल्क सरकारले तोक्नुपर्ने माग गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘तरकारीदेखि तेलसम्म, नुनदेखि सुनसम्मको मूल्य राज्यले तोकिदिएको छ । तर, बिरामीको उपचार जस्तो अति संवेदनशील विषयमा राज्यले कुनै शुल्क तोकेको छैन ।’

शुल्क नतोएिका कारण अस्पतालहरुले मनलाग्दी गरिरहेको उनको भनाइ छ । उनले भनिन्, ‘कुन उपचारको, कुन परीक्षणको कति पैसा लाग्छ न शुल्क निर्धारण छ न नियमन । अस्पताल र प्रयोगशालाहरुले आफूखसी शुल्क तोकिरहेका हुन्छन् । निजीमा मात्र होइन सरकारी अस्पतालमा समेत शुल्कको एकरुपता छैन ।’

संविधानको धारा ३५ ले प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारबारे जानकारी पाउने हक दिएको तर,  त्यो अस्पतालको झ्यालमा पुगेपछि मात्रै बिरामीले थाहा पाउने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरिन् ।

सरकारले नियमन नगर्दा बिरामीहरुले एउटै उपचारका लागि फरक-फरक शुल्क तिर्नुपरिरहेको सांसद कार्कीले बताइन् ।

भिडियो एक्सरेको शुल्क ५ सय देखि २५ समय सम्म रहेको भन्दै उनले प्रश्न गरिन्, ‘पाँच गुणासम्म फरक हुन्छ ?’ अपरेशनको शुल्क डेढ लाख रुपैयाँसम्म रहेको भन्दै उनले कुन उपचारको, कुन परीक्षणको कति शुल्क तोक्ने भनी मापदण्ड हुनुपर्ने बताइन् ।

पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेकी सांसद कार्की प्रश्न गरिन्, ‘लुगा बेचे जस्तो, जुत्ता बेचेजस्तो मोलमोलाइ गर्न पाइन्छ स्वास्थ्य उपचारमा पनि ?’

प्रत्येक नागरिकको स्वास्थ्य उपचारमा समान पहुँच हुने भी संविधानमा भनिएको तर, यसको कार्यान्वयनमा सरकार गम्भीर नभएको उनको भनाइ छ ।

स्वास्थ्य उपचार महंगो भएकै कारण कैयन नेपालीहरु गरिबीको रेखामुनि पुगेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?