+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

कर्मचारीसँग विवादपछि हेटौंडा औद्योगिक क्षेत्र प्रमुख बिनाडीको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १८:३०

१५ फागुन, हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज बिनाडीको सरुवा भएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, बालाजुले ११ फागुनमा प्रमुख बिनाडीलाई कार्यालयको रिक्त रहेको सञ्चालन महाशाखा उपनिर्देशकमा सरुवा गरेको हो । निमित्त महाप्रबन्धक सञ्जयलाल मानन्धरले बिनाडीसँगै सहायक निर्देशक निमेश अधिकारी र अधिकृत दीपकराज आचार्यको सरुवा भएको हो ।

अधिकारीलाई औद्योगिक क्षेत्रको योजना तथा विकास विभागको सहायक निर्देशकमा पदस्थापन गरिएको छ । यसैगरी, लेखा अधिकृत आचार्यलाई बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा सुरुवा गरिएको हो ।

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा १० माघदेखि कर्मचारीहरु प्रमुख बिनाडीविरुद्ध आन्दोलनरत थिए । कर्मचारी संघ इकाई समितिले १५ माघ र २८ माघमा दुई पटक लिमिटेडलाई पत्र लेखेर प्रमुख बिनाडीको सरुवा माग गरेको थियो ।

कर्मचारी र प्रमुखबीच द्वन्द्व बढेपछि २७ र २८ माघमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निमित्त महाप्रबन्धक सञ्जयलाल मानन्धर र कामु निर्देशक राजेन्द्रप्रसाद कँडेल हेटौंडा आएर छलफल गरेका थिए ।

मानन्धर र कँडेलले विवाद समाधान गर्न नसकेपछि एकैपटक तीन जनाको सरुवा भएको स्रोतको भनाइ छ । ‘महाप्रबन्धकज्यूले ७ दिनभित्र समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो । १० माघसम्म पनि प्रमुख र कर्मचारीबीच वार्ता भएर विवाद समाधान हुने नदेखिएपछि सरुवा गर्नुभएको हो’, एक कर्मचारीले भने, ‘प्रमुख बिनाडीको कार्यशैलीलाई लिएर कार्यालय सहयोगीसम्मका कर्मचारी आन्दोलनमा थिए ।’

कर्मचारीहरुले एक महिनासम्म कालो पट्टी बाँधेर काम गरेका थिए । प्रमुख बिनाडीले कार्यसम्पादन मूल्यांकनमा नम्बर घटाइदिएपछि विवाद सुरु भएको एक कर्मचारीले जानकारी दिए ।

बिनाडीमाथि कर्मचारीलाई अपशब्द प्रयोग गरेको, कार्यसम्पादन मूल्यांकन नम्बर घटाएको, मनमौजीसँग स्पष्टीकरण सोधेको, कर्मचारीलाई सामान्य कुरामा प्रहरी चौकीमा पुर्‍याएको, कारबाही गर्नुपर्ने उद्योगलाई उन्मुक्ति दिएको आरोप कर्मचारीहरुले लगाएका थिए ।

बिनाडीले आफ्नो सरुवाबारे हल्लामात्रै सुनेको प्रतिक्रिया दिए । कर्मचारीहरुले लगाएको आरोप सबै निराधार रहेको उनको भनाइ छ । कर्मचारीहरुको मर्जीमा औद्योगिक क्षेत्र व्यवस्थापक नचलेपछि आफूमाथि प्रहार भएको उनले बताए ।

आफ्नो कार्यकक्षमा कर्मचारीहरुले हातपातको प्रयास गरेको बिनाडीले आरोप लगाए । ‘यहाँ आएर झगडा गर्नुभयो । रिसाएर टेबुल ठोक्ने र बोत्तल फाल्ने काम कर्मचारीहरुबाट भएका थिए । मलाई चाहिँ त्यहाँ समस्या भएको थियो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?