
जसपाको केन्द्रीय सम्पर्क समितिका अध्यक्ष रामबहादुर जाग्री
५ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सम्पर्क समिति पुनर्गठन भएको छ ।
ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा सरस्वती जयसवाल, धनेश्वर साह, कान्छा तामाङ्ग ब्लोन विकास, मुख्यसचिव पूर्ण राई, सचिवमा तारावीर लिम्बु, अजाज मिकरानी, जया यादव र कोषाध्यक्षमा ई. विन्देश्वर राय यादव चयन भएका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत, केन्द्रीय सम्पर्क समितिका इन्चार्ज रेखा यादव, सहइन्चार्ज देवराज राईलगायतका नेताहरुको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4