
१९ चैत, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एसएसपी कमल तिउसिनालाई आईजी एपीएफ कमेन्डेसन प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालयको २३औं वार्षिकोत्सवको अवसर पारेर आइतबार सुनसरीमा आयोजित कार्यक्रममा तिउसिनालाई कमेन्डेसन प्रदान गरिएको हो ।
हाल पाथिभरा जवान तालिम शिक्षालय झापाको समादेशक रहेका तिउसिना उच्च व्यवसायिक क्षमता भएका अधिकृत मानिन्छन्।
हाल उनको नेतृत्वमा शिक्षालयमा व्यापक मात्रामा सुधारका कामहरु भएका छन् । तिउसिनासँगै अन्य केही अधिकृतलाई पनि आइतबारबार नै महानिरीक्षक अर्यालले कमेन्डेसन प्रदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4