नेपाल फिफा वरीयतामा ३ स्थान तल झर्यो
२०८० चैत २२ गते १४:५९
२२ चैत, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय टिमको फिफा वरीयता घटेको छ । बिहीबार फिफाले निकालेको नयाँ वरीयतामा नेपाल ३ स्थान तल झरेको हो ।
१७५औं स्थानमा रहेको नेपाल ३ स्थान तल झर्दै १७८ मा पुगेको छ । फिफा विश्वकप २०२६ को छनोट खेलमा लगातार खराब प्रदर्शन गरेका कारण नेपालको वरीयता घटेको हो ।
दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ । तथापी भारतको पनि फिफा वरीयतामा भने गिरावट आएको छ । ११७ स्थानबाट ४ स्थान घटुवा हुँदै १२१ औं स्थानमा आएको हो ।
माल्दिभ्स १६१औं स्थानमा रहँदै दक्षिण एसियामा दोस्रो स्थानमा रहेको छ । नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा छ । बंगलादेश १८४औं स्थान, भुटान १८५औं, पाकिस्तान १९५औं र श्रीलंका २०४औं स्थानमा छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4