२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को माग अनुसार नै उच्चस्तरीय छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।
२०४७ यता सार्वजनिक पद धारणा गर्नेको सम्पत्तिउपर ‘उच्चस्तरीय छानबिन समिति’को माग विगतदेखि गर्दै आएको उनले सामाजिक सञ्जाल ट्वीटर (एक्स) मा लेखेका छन् ।
‘रास्वपाले अहिले जे अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौं,’ महामन्त्री शर्मा भन्छन्, ‘सहकारी ठगीबारे पनि संसदीय छानबिन समिति गठन गरौं ।’
गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको विषय उठाउँदै उनीमाथि संसदीय छानबिन समितिको माग कांग्रेसले गर्दै आएको छ ।
कांग्रेस संसदीय छानबिन समितिको मागको अडानबाट पछि नहटेपछि रास्वपाले काउन्टर माग अघि सारेको छ । २०४७ सालपछि सरकारी उच्च ओहोदामा रहेका सबैको उच्चस्तरीय छानबिन गर्ने माग रास्वपाको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4