
२ वैशाख, काठमाडौं । नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषदको बैठकमा करिव २५०० सहभागी हुने भएका छन् ।
राष्ट्रिय प्रतिनिधि परिषदको बैठकमा २१५३ जना महाधिवेशन प्रतिनिधिसहित करिब २५ सय जना सहभागी हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने उक्त बैठकबारे छलफल गर्न आइतबार एमालेको सचिवालय बैठक बसेको थियो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने ज्ञवालीले जानकारी दिए ।
एमालेले वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम समेत गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4