+
+

डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँ बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते ११:२२

१४ वैशाख, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल पक्राउ गरेको छ ।

त्यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?