+
+

मोहन्याल र चुरे गाउँपालिकाका अधिकांश वनमा डढेलो

रासस रासस
२०८१ वैशाख १७ गते १४:१४

१७ वैशाख, गोदावरी । कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश वनमा डढेलो फैलिँदै गएको छ ।

सामुदायिक वनका उपभोक्ताले अग्निरेखा बनाएर आगो नियन्त्रणको प्रयास गरे पनि चुरेको सुख्खा तथा भिरालो भू–बनोट तथा तीब्र गतिमामा चल्ने हावाका कारण डढेलो नियन्त्रणमा लिन मुस्किल भएको स्थानीयको भनाइ छ ।

चुरे गाउँपालिका-३ का डबलबहादुर शाहले डढेलोका कारण बहुमूल्य सालका बिरुवालगायत वन पैदावर नष्ट हुनुका साथै वन्यजन्तुको बासस्थानमा समेत गम्भीर असर परेको बताए । वन कर्मचारीलाई डढेलोबारे जानकारी दिँदासमेत आगो निभाउन कुनै पहल नभएका कारण डढेलो थप फैलिँदै गएको उनको गुनासो छ ।

चुरे-४ का स्थानीय प्रेमबहादुर गुरुङले उम्रिन डढेलो नियन्त्रणका लागि स्थान र भूबनोटअनुसार रणनीति बनाएर कार्यान्वयन गर्न जरूरी रहेको बताए ।

डिभिजन वन कार्यालय धनगढीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले भने चुरेको भू-बनोटले गर्दा स्थानीय साधनस्रोत र पुरानै प्रविधिले डढेलो नियन्त्रण गर्न नसकिएको बताए ।

गर्मीयाममा जताततै डढेलो फैलिएको र साधनस्रोतको अभावका बीच मानवीय जनशक्तिको प्रयोग गरी आगो नियन्त्रण गराउँदा बढी जोखिम हुनेहुँदा सो क्षेत्रमा जान समस्या भएको उनको भनाइ छ ।

वन कार्यालयले गर्मीयाममा डढेलो नियन्त्रणका लागि जिल्लास्तरीय वन डढेलो नियन्त्रण योजना तयार गरी जनचेतनामूलक क्रियाकलापमा जोड दिने गरेको भने पनि प्रभावकारी हुननसकेको आरोप छ ।

कैलालीमा झण्डै छ सय सामुदायिक वनमध्ये चुरे र मोहन्याल गाउँपालिकामा मात्रै ७० वटा सामुदायिक वन रहेका जिल्ला वन कार्यालय कैलालीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?