+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौं महानगरमा शिक्षकलाई मनोसामाजिक परामर्श तालिम

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते २०:३५

१७ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा मनोवैज्ञानिक र मनोसामाजिक परामर्शको करिअर गाइड (म्यापिङ) सम्बन्धी तालिम सुरु गरेको छ ।

१७५ जना शिक्षकलाई ७ समूहमा विभाजन गरेर एक पटकमा २५ जनालाई दिइने महानगरपालिकाले जनाएको छ । पहिलो समूहको तालिम सोमबार थहितीस्थित शान्ति शिक्षा मन्दिरमा सुरु भएको छ ।

महानगर योजना आयोग सदस्य शैलेन्द्र झाका अनुसार ४२ घण्टाको यो तालिममा ३० घण्टा मनोवैज्ञानिक र मनोसामाजिक परामर्श सम्बन्धी र बाँकी १२ घण्टा करिअर गाइड (म्यापिङ) सम्बन्धी तालिम दिइन्छ ।

बालबालिकालाई पाठ पढाउने मात्रै नभएर आफ्नो विद्यार्थीको मनोभाव बुझेर सुझाव दिने र विद्यार्थीको क्षमता पहिचान गर्न मद्दत होस भनेर शिक्षकलाई तालिम दिन सुरु गरिएको झाले बताए ।

‘शिक्षकलाई पाठ अनुसार बालबालिकालाई सिर्जनात्मक तरिकाले बुझाउनुपर्ने दायित्व त छँदै छ तर आफ्ना विद्यार्थी कुन मनोदशाबाट गुज्रिरहेका छन् अथवा कस्तो मद्दत खोजीमा छन् भनेर बुझ्नु, विद्यार्थीको क्षमता पहिचान गर्नु अर्को महत्वपूर्ण दायित्व हो’, उनी भन्छन् ‘त्यसको लागि शिक्षकले कसरी विद्यार्थीको मनोभाव बुझ्ने, क्षमता पहिचान गरेर कसरी मद्दत गर्ने भन्ने तालिम दिइन्छ ।’

सोमबार पहिलो समूहको उद्घाटनमा उपमेयर सुनिता डंगोलले शिक्षकलाई दिइएको तालिमको प्रभावकारिता विद्यार्थीको प्रगतिबाट मापन गरिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?