 
																			२३ वैशाख, जनकपुरधाम । भंगहा-जनकपुर-जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ ।
भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावलाई लिएर नेपाल भारत सीमा क्षेत्र शनिबार रातिदेखि तीन दिनका लागि सिल हुँदा रेल सेवा बन्द गरिएको हो ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महा प्रबन्धक निरञ्जन झाले एक सूचना जारी गर्दै मंगलबारसम्म रेल सेवा बन्द रहने जानकारी गराएका हुन् ।
‘…मिति २०८१/०१/२३ गते आइतबारदेखि २०८१/०१/२५ गते मंगलवार सम्म ३ (तीन) दिनको लागि भंगहा-जनकपुर जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ,’ सूचनामा उल्लेख छ ।
आगामी बुधवारदेखि साविक बमोजिम नियमित सेवा सञ्चालनमा आउने प्रबन्धक झाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4