 
																			२३ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटाएर नयाँ दल बनाएका अशोक राईले आफ्नो पदाधिकारी पनि तोकेका छन् ।
प्रस्ताविज जनता समाजवादी पार्टीमा अध्यक्ष अशोक राई छन् । संघीय परिषद्को अध्यक्ष राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्ष तोकिएको छ ।
नयाँ दलमा नवल किशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ गरी चार जना उपाध्यक्ष छन् । सुशीला श्रेष्ठ अध्यक्ष अशोक राईकी श्रीमती समेत हुन् ।
महासचिवमा ईस्तियाक राई, उपहासचिवमा प्रदीप यादव छन् भने सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो छन् ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह समेत नयाँ दलतिर लागेका छन् ।
हेर्नुहोस् पदाधिकारीहरुको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4