+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
७३ बलमा ९५ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
35/4 (7.5)
Shares

स्थानीय तहमा डिजिटल माध्यमबाट बजेटबारे सुझाव दिन सकिने 

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १५:११
प्रतीकात्मक तस्वीर

२४ वैशाख, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघले स्थानीय तहको नीति तथा बजेट कार्यक्रमका लागि डिजिटल माध्यमबाट सुझाव लिन निःशुल्क पोर्टल सञ्चालन गर्ने भएको छ ।

वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणमा डिजिटल माध्यमबाट स्थानीय नागरिक, स्वदेश तथा विदेशमा भएका विज्ञ तथा सरोकारवालाबाट सुझावहरू संकलन गर्न सकिने गरी गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्मार्ट पालिकाबाट सुझाव लिन सक्ने बनाएको महासंघका कार्यकारी अधिकृत राजेन्द्र प्याकुरेलले जानकारी दिए ।

‘स्मार्ट पालिका मार्फत निर्माण गरिएको योजना तथा कार्यक्रम सुझाव संकलन पोर्टल निःशुल्क रुपमा सबै स्थानीय तहहरूले प्रयोग गर्न सक्ने गरी सहजीकरण गरिएको छ,’ उनले भने ।

उनले सुझाव लिनका लागि महासंघले स्मार्ट पालिका मार्फत उपलब्ध गराएको लिंकमा गएपछि युजर पासवर्ड उपलब्ध गराउने र त्यसपछि पालिका आफैंले सार्वजनिक रूपमा सुझाव फारम खोल्न सकिने बताए ।

‘अघिल्लो वर्ष काठमाडौं महानगरपालिकाले बजेटबारे यसरी सुझाव लिएको थियो । अब देशभरिकै स्थानीय तहलाई सुझाव माग्नका लागि त्यस्ते पोर्टल निःशुल्क उपलब्ध गराएका छौं,’ प्याकुरेलले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?