+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

अमृत क्याम्पसमा विद्यार्थीले लगाएको ताला प्रशासनले खोल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १९:३७

३० वैशाख, काठमाडौं ।  मदन भण्डारी स्पोर्ट्स एकेडेमीले लगाएको ताला अस्कल क्याम्पसको प्रशासनले खोलेको छ ।

एकेडेमीले २५ गते क्याम्पस प्रमुख लोकबहादुर बराललाई आर्थिक अनियमितताको आरोप लगाउँदै क्याम्पस प्रशासनमा लगाएको ताला आइतबार क्याम्पस प्रशासनले खोलेको हो ।

सहायक क्याम्पस प्रमुख होम बानियाँका अनुसार असन्तष्ट विद्यार्थीलाई सोमबार वार्ताको लागि समेत बोलाइएको छ । उनले भने, ‘आज हामीले ताला फुटाएर काम सुचारु गरेका छौं। भोलि तालाबन्दी गर्ने विद्यार्थीहरुलाई वार्ताको लागि बोलाएका छौं।’

मदन भण्डारी स्पोटर्स एकेडेमीका उपाध्यक्ष प्रकाश बयकले विज्ञप्ति टाँस्दै क्याम्पस प्रमुखले ताला लगाउन बाध्य बनाएको बताए । ‘क्याम्पस प्रमुखले आर्थिक अनियमितता गरेको, गुण्डाहरु प्रयोग गर्दै होस्टलको झ्याल फुटाएको, विद्यार्थीहरुमाथि झुठा मुद्दा लगाएकाले ताला लगाउन बाध्य भएको ।’ उनले विज्ञप्तिमा भनेका थिए ।

यसअघि २५ चैतमा अनेरास्ववियुले लगाएको ताला १६ वैशाखमा खोलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?