+
+
Shares

अस्ट्रेलियामा निमालाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १७:५५

३० वैशाख, काठमाडौं । निमा गुरुङले एनएसडब्लू खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छन् ।

अस्ट्रेलियन तेक्वान्दो एनएसडब्लूको आयोजनामा भएको प्रतियोगिताको महिला ७३ केजीमुनि निमाले भारतकी आयषा चहल र अस्ट्रेलियाकी सिना मनलाई पराजित गरी स्वर्ण जितेकी हुन् ।

भारत र नेपालमा भएको क्रमशः १२ र १३औं दक्षिण एसियाली खेलकुद (साग) कि रजत विजेता निमाले २०१६ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ओलम्पिक छनोटमा कास्य जितेकी थिइन् ।

प्रतियोगितामा भुपेन श्रेष्ठले पुरुष ८७ केजीमुनि रजत जित्न सफल भए । १३औं सागका स्वर्णधारी भुपेन फाइनलमा अस्ट्रेलियाका आइडेन स्टिलीसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?