
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल ।
२ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बुधबार बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
प्रदेश सभा सदस्य धर्मराज पाठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने निर्णय भएको जानकारी दिए । उनका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रमका लागि सत्तारूढ दलसँग छलफल गर्ने निर्णय समेत भएको छ ।
मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिंदैछन् । त्यसको लागि बिहान सवा १० बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4