+
+

जेठमा ४ कम्पनीका सेयरमा लकइन अवधि सकिँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते ९:४७

३ जेठ, काठमाडौं । जेठ महिनाभित्रै विभिन्न ४ कम्पनीका सेयरमा ‘लकइन’ अवधि सकिने भएको छ । लकइन अवधि सकिनुभन्दा १ महिनाअगाडि नै सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने व्यवस्थाअनुसार कम्पनीहरुले सूचना जारी गरेका हुन् ।

म्युचुअल फण्ड तथा संस्थापकले होल्ड गरेको विभिन्न ४ कम्पनीका कुल २८ लाख ४० हजार २७५ कित्ता सेयरमा लकइन अवधि सकिने भएको हो । लकइन अवधि सकिएको भोलिपल्टदेखि ती कम्पनीका थप सेयर बजारमा कारोबार गर्न बाटो खुल्नेछ ।

म्युचुअल फण्डहरुले होल्ड गरेको मुक्तिनाथ कृषि कम्पनीको ७० हजार कित्ता सेयरमा लक– इन अवधि जेठ १८ गते सकिने भएको छ । त्यस्तै म्युचुअल फण्डहरुले होल्ड गरेको नेपाल वेयरहाउजिङ कम्पनीको ६८ हजार ७५० कित्ता सेयरमा जेठ १९ गते लकइन अवधि सकिने छ ।

भिजन लुम्बिनी ऊर्जाले म्युचुअल फण्डलाई छुट्याएको ९५ हजार ६२५ कित्ता सेयरमा लकइन अवधि जेठ ४ गते सकिने भएको छ । मकर जितुमाया सुरी हाइड्रोपावरको संस्थापक समूहको सेयरधनी डोल्मा इम्प्याक्ट फण्ड १ को स्वामित्वमा रहेको २६ लाख ५ हजार ९ सय कित्ता सेयरमा १ वर्षको अवधि जेठ १६ गतेबाट समाप्त हुनेछ । प्राइभेट इक्वीटी कम्पनीहरुले होल्ड गरेको सेयरमा १ वर्ष मात्रै लकइन अवधि रहने व्यवस्था छ ।

जेठ महिनामा लकइन सकिने कम्पनीहरू र सेयर संख्या

कम्पनी लकइन सकिने दिन सेयर संख्या
भिजन लुम्बिनी ऊर्जा जेठ ४ गते ९५,६२५
मुक्तिनाथ कृषि कम्पनी जेठ १८ ७०,०००
मकर जितुमाया सुरी हाइड्रोपावर जेठ १६ २६,०५,९००
नेपाल वेयरहाउजिङ कम्पनी जेठ १९  ६८,७५०

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?