+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पिछडिएका बालबालिकालाई महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १४:१७

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पहुँचबाट पिछडिएका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउन आर्थिक सहयोग गरेको छ ।

‘बालबालिकालाई शिक्षित गर्नुहोस्’ कार्यक्रम अन्तर्गत देशभरिका ८० विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपाल मार्फत बैंकले आर्थिक सहयोग गरेको जनाएको छ ।

करिब एक हजार विद्यार्थीका लागि प्रदान गर्न लागेको उक्त छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको बैंकको भनाइ छ ।

२ जेठमा काठमाडौं, धनगढी, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, जनकपुर, बुटवल, भैरहवा गरी आठ स्थानमा सम्पन्न कार्यक्रममा सहभागी हुँदै बैंकले शिक्षाको मूलधारमा आउन नसकेका, पिछडिएका तथा विभिन्न कारणले बन्दी जीवन बिताएका अभिभावकका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्न आर्थिक सहयोग गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?