+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिद्धबाबा सुरुङ निर्माण गर्न १३ जेठदेखि विस्फोट गराइँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १४:४३
फाइल तस्वीर

११ जेठ, काठमाडौं । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न १३ जेठदेखि विस्फोट गराउने काम सुरु गरिने भएको छ ।

आयोजनाका अनुसार २ जेठमा जिल्ला सुरक्षा समिति रुपन्देही र १० जेठको सुरक्षा समिति पाल्पाको निर्णय अनुसार १३ जेठदेखि विस्फोटको काम सुरु गर्ने निर्णय भएको हो ।

यो सुरुङमार्ग चाइना स्टेट इन्जिनियरिङले बनाइरहेको छ ।

नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकता अनुसार विस्फोट गराइने र विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवगमन रोकिने आयोजनाले सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा सुरुङ बन्दैछ । विस्फोटको पूर्वाभ्यास शुक्रबार गरिएको छ ।

शुक्रबार निर्माण स्थलमा नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा विस्फोटको पूर्वाभ्यासको काम गरिएको सिद्धबाबा टनेल प्रोजेक्ट अफिसले जानकारी गराएको छ ।

आयोजनाले पछिल्लो समय सार्वजनिक गरेको अपडेट अनुसार सुरुङ मार्गको भौतिक प्रगति ११.४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत भएको छ ।

मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । यहाँ कुल १ हजा १२६ मिटर लामो सुरुङ बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?