
१५ जेठ, काठमाडौं । सरकारले सूचना प्रविधि सम्बन्धी कम्पनीलाई निःशुल्क कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ ।
काठमाडौं र बुटवलमा सरकारी भवनलाई सूचना प्रविधि पार्क बनाउने र त्यहाँ आईटी कम्पनीहरूलाई तीन वर्षसम्म निःशुल्क वर्कस्टेसन बनाउने घोषणा बजेटमार्फत गरिएको हो ।
ती आईटी पार्कमा आईटी उद्योगका लागि सबै किसिमको पूर्वाधार उपलब्ध हुने पनि बजेटमा घोषणा गरिएको छ ।
ललितपुर खुमलटारमा ज्ञान पार्क स्थापना गरिने पनि घोषणा गरिएको छ ।
स्वदेशमा उत्पादित सफ्टवेयर सरकारी निकायले प्राथमिकतासाथ प्रयोग गर्ने घोषणा पनि अर्थमन्त्री पुनले गरे ।
देशका सबै वडा र सामुदायिक विद्यालयमा इन्टरनेटमा पहुँच पुर्याउने घोषणा पनि गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4