+
+

पानीजहाज कार्यालयले पायो १५ करोड

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १८:१८

१७ जेठ, काठमाडौं । सुनकोशी र नारायणी नदीमा जलयात्रा निर्माण गर्ने घोषणा गरेको सरकारले यो काम कार्यान्वयन गर्ने जिम्मेवारी पाएको पानीजहाज कार्यालयलाई १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार नेपाल पानीजहाज कार्यालयले १५ करोड ६ लाख रुपैयाँ आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि पाएको हो ।

यो कार्यालयले चालु आव २०८०/८१ मा ४ करोड ९ लाख खर्च गर्ने अनुमान छ । यसअघिको आवमा यो कार्यालयले ३ करोड ३० लाख खर्च गरेको थियो ।

सरकारले आगामी आवको बजेटमा सुनकोशी र नारायणी नदीमा जलमार्ग निर्माण थाल्ने बताएको छ ।

नारायणी नदीमा सञ्चालित जलयानमा यात्रु चढ्न र ओर्लन सहज र सुरक्षित हुने गरी टर्मिनल निर्माण गर्ने योजना समेत सरकारले बजेटमार्फत घोषणा गरेको छ ।

भौतिक मन्त्रालयका लागि सरकारले कुल १ खर्ब ५० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यसको ठूलो हिस्सा सडक आयोजनाहरूले पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?