+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बालेनलाई योगेश भट्टराईको चेतावनी : संयमता नगुमाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १२:३१

२२ जेठ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संयमता गुमाउँदै गएको टिप्पणी गरेका छन् ।

संसद्को मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले मेयर शाहको चर्को आलोचना गरे । मेयर जितेर आएपछि आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको स्मरण गर्दै उनले भने, ‘तबलाको अर्थ करुणा, प्रेम, सद्‌भाव हो, तर काठमाडौंका प्रमुखले संमयता गुमाउँदै जानु भएको छ ।’

०५४ मा एमालेले काठमाडौं महानगरको चुनाव जितेपछि सभ्य सहर बनाउने अभियान थालेको भन्दै उनले भने, ‘पछिल्लो पटक विद्यासुन्दर शाक्यजी आएपछि रानीपोखरी बनायौं, कमलपोखरी बनायौं, दरबार स्क्वायर पुनर्निर्माण गर्‍यौं ।’

अहिले पनि आफूहरू काठमाडौंका प्रमुखलाई सहयोग गर्न तयार रहेको उनले बताए । ‘म भन्न चाहन्छु बालेनजीलाई, काठमाडौंलाई अझै सुन्दर बनाउन तपाईंको योजना के छ ? पैसा कति चाहियो ? सरकार दिन तयार छ’ उनले भने, ‘हामी अर्थमन्त्रीजीलाई भनौंला, प्रधानमन्त्रीजीलाई भनौंला । आउनुस्, सँगसँगै काम गरौं ।’

तर पछिल्ला गतिविधि हेर्दा बालेनले लाखौं युवालाई धोका दिन खोजेको उनको आरोप छ ।

नेताहरू जेल बसेको विषयलाई मजाकका रूपमा प्रस्तुत गरेकोमा समेत भट्टराईले असन्तुष्टि पोखे ।

संसद्‌मा भएका प्रमुख नेताहरूको नाम लिँदै उनले भने, ‘उहाँहरू नै जेल बसेर, अनि उहाँहरूको उत्तराधिकारी हामी लोकतान्त्रिक आन्दोलनमा लागेर यो व्यवस्था ल्याएका हौं । त्यसवापत आज तपाईं काठमाडौं महानगरपालिकाको प्रमुख हुनुभएको छ । अनि नेताहरूको जेल बसाइँलाई तपाईं मजाक उडाउने ?’

‘त्यो मानिस मात्र देशभक्त हुन्छ, जसले आफ्नो इतिहासप्रति गर्व गर्छ, आफ्नो देशप्रति गर्व गर्छ’ इतिससको भत्र्सना गर्नेहरू देशभक्त हुन नसक्ने भन्दै उनले भने, ‘आज केपी ओली जेल बसेको कुरालाई तपाईं उडाउँदै हुनुहुन्छ । म भन्न चाहन्छु, यदि यस ढंगले भण्डाफोर गर्ने हो भने आफ्नै आमाको अस्तित्वप्रति चिथार्दै हुनुहुन्छ ।’

‘यी नेताहरूले लडेर ल्याएको लोकतन्त्र हो । यिनै नेताहरूलाई बद्‌नाम गर्दै हुनुहुन्छ । यो आफ्नै आमाको अस्मितामाथि प्रश्न उठाए जस्तै हो । बालेनजीलाई भन्न चाहन्छु, तपाईंको आमा पवित्र हुनुहुन्छ, तपाईंको आमाप्रति शंका नगर्नुस् । तपाईंका गतिविधिले आफ्नै आमाको अस्मितामाथि बारम्बार प्रश्न गर्दै हुनुहुन्छ भने यो समाजलाई तपाईं कता लैजाँदै हुनुहुन्छ ।’

काठमाडौं महानगरको प्रमुख हो भन्ने नभुल्न र कानुनले दिएको सीमामा बस्न आग्रह गरे । यो व्यवस्था ल्याउन मरिमेटेको एमाले र त्यसको नेतृत्वमाथि गालीगलौज नगर्न चेतावनी दिँदै एमाले सचिव भट्टराईले भने, ‘आफैं आकासतिर थुकेपछि त्यो कहाँ झर्छ भन्ने बालेनजीलाई राम्रोसँग थाहा होला ।’

संसद्‌मा यति बोलेकै कारण आफूमाथि साइबर ग्याङले लखेट्न खोज्न भन्दै उनले नडराउने बताए ।

क्षणिक मनोरञ्जन भए पनि साइबर ग्याङले राजनीतिले थाक्न नसक्ने एमाले सचिव भट्टराईले भने, ‘आजको आधुनिक एमाले र त्यसको अध्यक्ष केपी ओली आजको अभिमन्यू हो, घेरामा तोड्न पनि आउँछ, घेराभित्र पस्न पनि आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?