+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

कोशीको विकास परिषद्‌मा १५ सदस्य मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १२:२०
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की

२८ जेठ, विराटनगर । कोशी प्रदेशको प्रदेश विकास परिषद्‌मा १५ जना सदस्य मनोनीत भएका छन् ।

२५ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ को उपदफा २ (छ) बमोजिम प्रदेश विकास परिषद् सदस्य मनोनीत गरेको हो ।

सरकारले झापा गौरादह–१ का जीतबहादुर कार्की, विराटनगरका उद्योगी महेशकुमार जाजु, नविन रिजाल, झापा दमककी राधीका ओझा, झापा हल्दीबारीका भवानीप्रसाद दंगाल, विराटनगरकी प्रतिभा रिजाल, विराटनगरकै उद्योगी प्रकाश मुन्दडा, संखुवासभाकी बबिता कटुवाल, काठमाडौंका सुयस प्याकुरेललाई मनोनीत गरेको छ ।

यस्तै उदयपुर त्रियुगाका रमेशचन्द्र रोका, बूढीगंगा मोरङकी रिता न्यौपाने, सुनसरीका भीमप्रसाद घिमिरे, विराटनगरकै राधा अधिकारी, सर्लाहीका एकचन्द्र बराल र विराटनगरकै टिकाराम पुरी मनोनीत भएका छन् ।

प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ मा परिषद् गठन सम्बन्धी व्यवस्था छ ।

उक्त दफाअनुसार परिषद्को अध्यक्ष मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्रीहरू र राज्य मन्त्रीहरू, प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेश सभा समितिका सभापतिहरू, आयोगका उपाध्यक्ष तथा सदस्यहरू, प्रमुख सचिव, प्रदेश सरकार मुख्य न्यायाधिवक्ता, प्रदेश सरकारका सचिवहरू, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरू सदस्य रहने व्यवस्था छ ।

यस्तै उक्त दफाको उपदफा (छ) मा ‘कानुन बमोजिम स्थापना भएका संघ वा संस्थाका प्रतिनिधि तथा निजी क्षेत्र लगायत विभिन्न क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय जीवनमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिमध्येबाट कम्तीमा एक तिहाइ महिलासहित प्रदेश सरकारबाट मनोनीत १५ जना पनि सदस्य हुने व्यवस्था छ । परिषद्को सदस्यसचिव भने प्रदेश योजना आयोगको सचिव रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?